काठमाडौं । नेपाल प्रहरीको कार्यदक्षता मूल्याङ्कन (पुलिस ब्याटन)–२०८३ मा जिल्ला प्रहरी कार्यालय रुपन्देही देशभरका जिल्ला प्रहरी कार्यालयमध्ये सर्वोत्कृष्ट घोषित भएको छ।

७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालयले रुपन्देही जिल्ला प्रहरी कार्यालयलाई सर्वोत्कृष्ट जिल्ला प्रहरी कार्यालयका रूपमा प्रशंसापत्र प्रदान गरेको हो।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट २०८३ असोज ३० गते जारी प्रशंसापत्रमा पुलिस ब्याटन–२०८३ अन्तर्गत जिल्ला प्रहरी कार्यालयहरूमध्ये रुपन्देही सर्वोत्कृष्ट हुन सफल भएको उल्लेख छ।

हाल जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) जनक शाही कार्यरत छन्। उनी प्रहरी संगठनभित्र काबिल र व्यावसायिक प्रहरी अधिकृतका रूपमा परिचित छन्। उनको नेतृत्वमा रहेको कार्यालय देशभरका जिल्ला प्रहरी कार्यालयमध्ये सर्वोत्कृष्ट बन्न सफल हुनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले हस्ताक्षर गरेको प्रशंसापत्रमा कार्यालयलाई हार्दिक बधाई दिँदै आगामी दिनमा समेत प्रशंसनीय कार्यको निरन्तरताका लागि शुभकामना व्यक्त गरिएको छ।

नेपाल प्रहरीको कार्यदक्षता मूल्याङ्कनअन्तर्गत सञ्चालन हुने पुलिस ब्याटनमा रुपन्देही जिल्ला प्रहरी कार्यालय सर्वोत्कृष्ट हुनुले कार्यालयको कार्यसम्पादन र संस्थागत क्षमताको उच्च मूल्याङ्कन भएको देखिन्छ।

७१औँ प्रहरी दिवसको अवसरमा प्राप्त यो उपलब्धिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संस्थागत पहिचान थप उचाइमा पुर्‍याएको छ। साथै, नागरिक सुरक्षा, शान्तिसुरक्षा कायम, अपराध नियन्त्रण तथा प्रभावकारी प्रहरी सेवा प्रवाहमा उत्कृष्टता कायम राख्न कार्यालयलाई थप हौसला मिल्ने अपेक्षा गरिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय