
काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीलाई ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा पूर्णशान्ति पुरस्कार प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख जिसीलाई उत्कृष्ट अनुसन्धान तथा प्रविधिमा आधारित प्रहरी सेवा विस्तारमा पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो।
बाँकेमा कार्यरत रहँदा एसपी जिसीले विभिन्न हत्याकाण्डका फरार प्रतिवादी पक्राउ गर्न तथा लागूऔषध नियन्त्रण, भन्सार छली र तस्करी नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।

अपराध अनुसन्धानलाई प्रभावकारी बनाउँदै फरार अभियुक्त पक्राउ गर्ने, प्रविधिको प्रयोगमार्फत प्रहरी सेवालाई थप प्रभावकारी बनाउने र जिल्लामा शान्ति सुरक्षा कायम राख्ने कार्यमा उनले पुर्याएको योगदानको मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको हो।





