
धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–६ स्थित सामुदायिक वनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।
प्रहरीका अनुसार चरीडाँडाका करिब ४० वर्षीय कृष्ण चौधरी च्याउ टिप्न भैरव महिला सामुदायिक वन पुगेका थिए। च्याउ टिप्ने क्रममा बाघले आक्रमण गरेपछि उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

घटनाको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





