सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटा को प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) ठाकुरप्रसाद पोखरेल लाई स्वागत गरिएको छ ।

आयोजित कार्यक्रममा डीआईजी सापकोटाले एसपी पोखरेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवामा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

एसपी पोखरेलले सुर्खेतको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै नागरिकसँग समन्वय र सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय