पोखरा । पोखरा महानगरपालिका–१८ लामागाउँमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

 

प्रहरीका अनुसार ग २० प ६०९४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो। त्यसपछि मोटरसाइकल गुडिरहेको बसमा समेत ठोक्किएको थियो।

 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा–१८ की २९ वर्षीया रुपा बिक गम्भीर घाइते भएकी थिइन्। टाउकोमा गम्भीर चोट लागेकी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

 

मोटरसाइकल चालक पोखरा–१८ कै ४३ वर्षीय रामचन्द्र बिक घाइते भएका छन्। उनको टाउको र दायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय