
काठमाडौं । बारामा प्रहरीले लोड गरिएको भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका–११ रतनपुरका ३९ वर्षीय शम्शेर रुम्बा रहेका छन्। उनलाई लोड गरिएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

रुम्बाविरुद्ध जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





