जनकपुरधाम । सिराहाको कर्जन्हाबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शुक्रबार राति कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा चेकजाँच गरिएको थियो।

सो क्रममा पूर्वबाट पश्चिम पोखरातर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००१ ख ०२२१ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा धनगढीमाई नगरपालिका–७ का २० वर्षीय अजय कुमार यादव पक्राउ परेका हुन्।

प्रहरीले यादवले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीमा कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा १० ग्राम ४१० मिलिग्राम ब्राउन सुगर र एक थान मोबाइल बरामद गरेको जनाएको छ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैया लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय