सिराहा । सशस्त्र प्रहरीले सिराहाबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक–गागन खोलापुलबाट गएराति करिब १ बजे १ हजार १०२ किलो ६५५ ग्राम गाँजा बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सुरक्षा वेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले गाँजा बोकेको बा १४ च २९४ नम्बरको बोलेरो तथा त्यसलाई पछ्याउँदै गरेको स ६ प ४८५९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार गाँजा २६ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा फेला परेको थियो। सुरक्षाकर्मीको टोली देखेपछि दुवै सवारीसाधन छाडेर चालकहरू फरार भएका छन्।

बरामद गाँजा, बोलेरो र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय