काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने ट्राफिक प्रहरी कर्मचारीहरूका लागि निर्वाचन लक्षित अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम एसपी नरेशराज सुवेदीको आतिथ्यमा आयोजना गरिएको थियो।

अनुशिक्षण कार्यक्रममा निर्वाचन अवधिमा प्रहरीले निर्वाह गर्नुपर्ने भूमिका, सुरक्षा व्यवस्थापनका रणनीति, निर्वाचनका क्रममा आइपर्न सक्ने चुनौती तथा त्यसको समाधानका उपायबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो। साथै, निर्वाचन कार्यमा सुरक्षा दिनुपर्ने संवेदनशील क्षेत्र, प्रहरीको दायित्व तथा मतदान केन्द्र निर्माण गर्दा ध्यान दिनुपर्ने पक्षहरूबारे समेत जानकारी गराइएको थियो।

त्यसैगरी हतियार ह्याण्डलिङ, निर्वाचन आचारसंहिता–२०८२ अन्तर्गत सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षासम्बद्ध कर्मचारीले पालना गर्नुपर्ने आचरण, साथै निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति–२०७७ का विषयमा पनि प्रशिक्षण दिइएको कार्यालयले जनाएको छ।

निर्वाचनलाई निष्पक्ष, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय