काठमाण्डौं। खोटाङकी १२ वर्षीया प्रतिभाशाली गायिका शुवास्ना खड्का केसी (सुबु) ले ‘द भोइस किड्स नेपाल’ सिजन–५ मा उत्कृष्ट प्रस्तुति दिँदै कोच वाङ्देन शेर्पा को कुर्सी घुमाउन सफल भएकी छन्।

आफ्नो मधुर स्वर र आकर्षक गायनमार्फत सुबुले दर्शक तथा श्रोताहरूको मन जितेकी छन्। उनको प्रस्तुतिको भिडियो यतिबेला सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ भने धेरैले उनको असाधारण प्रतिभाको खुलेर प्रशंसा गरेका छन्।

सुबुको यस सफलताले खोटाङसहित देशभरका संगीतप्रेमीहरूमा उत्साह थपेको छ। सामाजिक सञ्जालमा आएका शुभकामना तथा सकारात्मक प्रतिक्रियाले उनको प्रतिभाप्रति दर्शकको आकर्षण र विश्वास झन् प्रस्ट पारेको छ।

कम उमेरमै संगीत क्षेत्रमा उल्लेखनीय छाप छोड्न सफल सुबु आगामी दिनमा नेपाली संगीत जगत्की उज्ज्वल प्रतिभाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय