यूएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसीसी) यूएई कार्यसमितिमा दुई जनालाई नयाँ जिम्मेवारी दिइएको छ।

कार्यसमिति सदस्य ज्ञानेन्द्र गुरुङलाई सचिव तथा राहत तथा उद्धार समिति संयोजक पदमा मनोनीत गरिएको छ। त्यस्तै, कार्यसमिति सदस्य गोपाल श्रेष्ठलाई सचिव पदमा मनोनीत गरिएको हो।

नयाँ जिम्मेवारी पाएका गुरुङ र श्रेष्ठलाई एनआरएनए एनसीसी यूएईले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

उनीहरूको अनुभव, सक्रियता र नेतृत्वदायी भूमिकाले संस्थागत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास एनआरएनए एनसीसी यूएईले व्यक्त गरेको छ।

नेपाली समुदायको हित, एकता, सेवा तथा सहकार्यका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्दै संस्थालाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउन दुवै जनालाई शुभकामना दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय