
विराटनगर | कोसी प्रदेशका सांसदहरू चढेको गाडी मोरङको कानेपोखरीमा सोमबार बिहान दुर्घटनामा परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले चलाएको कार र प्रदेशसभा सदस्यहरू सवार गाडी एक आपसमा ठोक्किएको हो।
दुर्घटनामा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए। इलाका प्रहरी कार्यालय पथरीका अनुसार, गाडीमा सवार सबै सांसदहरूको अवस्था सामान्य रहेको छ।

सांसदहरूको गाडी विपरीत दिशाबाट आइरहेको बा५च ३५२० नम्बरको कारसँग ठोक्किएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।