जनकपुरधाम । धनुषामा २०८३ भदौ महिनाका लागि प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सन्तोष गोले ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम प्रहरी चौकी गिद्वा तिनकौरियामा कार्यरत वरिष्ठ सई गोलेलाई भदौ महिनाको ‘Best Province Police of the Month’ घोषणा गरिएको हो ।

भदौ महिनामा चोरी तथा अवैध हतियारसम्बन्धी घटनाको अनुसन्धान, नियन्त्रण तथा संलग्न व्यक्तिको पक्राउमा गोलेले सक्रिय भूमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनको कार्यक्षेत्रमा भएका विभिन्न घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुका साथै अवैध हतियार बरामद गर्नसमेत उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रहरी संगठनको नीति, निर्देशन र जिम्मेवारीप्रति अनुशासित, लगनशील, इमानदार तथा कर्तव्यनिष्ठ रही उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा गोलेलाई भदौ महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय