काठमाडौं । हिमालयन रिइन्स्योरेन्सकी पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल १४ लाख रुपैयाँ धरौटीमा रिहा भएकी छन्।

बीमा सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरी उनीविरुद्ध मुद्दा दायर गरेको थियो। बुधबार जिल्ला अदालत काठमाडौंले पौडेलसँग १४ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो। अदालतको आदेशपछि उनले धरौटी रकम बुझाएर रिहा भएकी हुन्।

पौडेलसहित आठ जनाविरुद्ध ‘ट्रष्ट इन्स्योरेन्स ब्रोकर’ नामक फर्जी तथा कागजी कम्पनी खडा गरी हिमालयन रिइन्स्योरेन्सको ३ करोड ८२ लाख रुपैयाँ हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरिएको छ।

मुद्दामा संलग्न अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय