काठमाडौं । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई सम्मान गरिएको छ।

प्रहरी वृत्त महाराजगञ्जको आयोजनामा बुधबार भएको कार्यक्रममा आन्दोलनका क्रममा सहादत प्राप्त गरेका अमर प्रहरीप्रति श्रद्धासुमन अर्पण गर्दै उनीहरूका परिवारजनलाई सम्मान गरिएको हो।

जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी सहायक हवल्दार उत्तम थापा र प्रहरी सहायक हवल्दार अमृत गुरुङले ज्यान गुमाएका थिए।

कार्यक्रममा उनीहरूको योगदान तथा बलिदानको स्मरण गर्दै मृतक प्रहरीका परिवारजनलाई सम्मान गरिएको थियो। सहभागीहरूले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरी कर्मचारीको योगदान राज्य र समाजले सधैं स्मरण गर्नुपर्नेमा जोड दिए।

कार्यक्रम काठमाडौं जिल्ला प्रहरी प्रमुख दिलीप घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा व्यवसायी दिपक कुँवरसहित प्रहरी अधिकारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा अमर प्रहरीका परिवारले भोगिरहेको पीडा, त्याग र योगदानको सम्मान गर्नु राज्य तथा समाजको साझा दायित्व भएको बताइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय