
बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिकामा खोला तर्ने क्रममा एक किशोर बगेर बेपत्ता भएका छन् ।
जगन्नाथ गाउँपालिका–३ का अन्दाजी १६–१७ वर्षीय अनुज सिंह मंगलबार दिउँसो कालसिङ्गे खोला तर्ने क्रममा बगेपछि बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगनसिंह भाटका अनुसार किशोर बाख्रा चराउन गएका थिए । सोही क्रममा खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको हो ।
घटनाबारे स्थानीय खडक भण्डारीले प्रहरी चौकी जुड्डीमा जानकारी गराएका थिए ।
सूचना पाएलगत्तै प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको नेतृत्वमा तीन जना प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, गुल्म बाजुराको विपद् उद्धार सुरक्षा बेस कोल्टीबाट सात जनाको टोली घटनास्थलतर्फ खटिएको छ ।
बेपत्ता किशोरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




