काठमाडौं । नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयमा सञ्चालित ३५ कार्यदिन अवधिको ‘अपराध अनुसन्धान (सि.प्र.अ.) तालिम’को १०२औँ समूहको तालिम सम्पन्न भएको छ।

साउन ४ गतेदेखि सञ्चालन भएको उक्त तालिमको समापन कार्यक्रम सोमबार सम्पन्न भएको हो। तालिम समापन कार्यक्रममा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका कार्यकारी निर्देशक एआईजी राजन अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक (डीएसपी) भाष्कर खतिवडाले तालिमका गतिविधि तथा उपलब्धिसम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए।

समापन कार्यक्रममा एआईजी अधिकारीले तालिम पूरा गरेका प्रहरी अधिकृतहरूलाई बधाई तथा शुभकामना दिँदै अपराध अनुसन्धानलाई थप प्रभावकारी, व्यावसायिक र तथ्यपरक बनाउन आवश्यक निर्देशन दिएका थिए।

तालिममा इन्स्पेक्टर आयुष ढुंगाना सर्वप्रथम भएका थिए भने मिसिलतर्फ इन्स्पेक्टर सन्तोष पौडेल प्रथम भएका छन्।

तालिम पूरा गरेका सम्पूर्ण प्रहरी अधिकृतहरूलाई आगामी जिम्मेवारीका लागि शुभकामना दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय