काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरू जीवितै भेटिएका छन्। उनीहरूको उद्धार कार्य सुरु भइसकेको छ।

उद्धारमा खटिएका इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय साह नाम गरेका एक जनाको उद्धार भइसकेको छ।

“अरू पनि छन् भन्ने जानकारी प्राप्त भएको छ। अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ,” इन्जिनियर न्यौपानेले बताएका छन्।

यस्तै, उद्धारमा खटिएका इन्जिनियर उदय न्यौपानेका अनुसार अहिले सुरुङभित्र रहेका अर्का व्यक्तिको समेत उद्धार भइरहेको छ। उनका अनुसार सुरुङभित्र अझै करिब ७ जना व्यक्ति रहेको अनुमान गरिएको छ।

बाढीका कारण सुरुङभित्र फसेका व्यक्तिहरूको अवस्था अज्ञात रहेकामा जीवितै भेटिएपछि उद्धार टोली थप सक्रिय भएको छ। सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय