पोखरा । पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा अचानक आएको तीव्र हावाहुरीका कारण तालको बीचभागमा अलपत्र परेकी एक युवतीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

उद्धार गरिएकी युवती काठमाडौंको नारायणटार स्थायी घर भई पोखरा घुम्न आएकी २३ वर्षीया रितिका फुयाल हुन्।

शनिबार फेवातालमा कायकिङ गरिरहेकै बेला अचानक हावाहुरी चलेपछि उनी तालको बीचभागमा फसेर बाहिर निस्कन नसकी अलपत्र परेकी थिइन्।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेक्वा कालिका, कास्कीबाट खटिएको उद्धार टोलीले तत्काल उद्धार अभियान सञ्चालन गरी उनलाई सकुशल किनारामा ल्याएको थियो।

सशस्त्र प्रहरीका अनुसार उद्धारपछि फुयालको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय