कञ्चनपुर । गाली बेइज्जती सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका कञ्चनपुरका खेम भण्डारी पक्राउ परेका छन्।

जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय भण्डारीलाई सम्मानित जिल्ला अदालत कञ्चनपुर तथा सम्मानित उच्च अदालत दिपायल–महेन्द्रनगर इजलासबाट भएको फैसला कार्यान्वयनका लागि प्रहरीले पक्राउ गरेको हो। उनलाई भीमदत्त नगरपालिका–१८ स्थित पुष्पलाचोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई गाली बेइज्जती सम्बन्धी कसूरमा १ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। त्यसैगरी, उच्च अदालत दिपायल–महेन्द्रनगर इजलासले थप ७ दिन कैद र २ हजार १०० रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।

अदालतले भण्डारीलाई निवेदक किरण बिष्टलाई १ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आदेश समेत दिएको छ।

पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत कञ्चनपुरमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय