
काठमाडौं । काठमाडौंको सतुङ्गल क्षेत्रमा ट्राफिक नियम उल्लङ्घन गरेका एक ट्राफिक प्रहरी आफैं कारबाहीमा परेका छन्।
फुटपाथमा मोटरसाइकल चलाएको पाइएपछि सम्बन्धित ट्राफिक प्रहरीलाई नियमअनुसार चिट काटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेश सुवेदीले जानकारी दिनु भयो ।

साथै, त्यसपछि उनले तोकिएको जरिवाना तिरेका छन् भने आफ्नो गल्ती स्वीकार गर्दै माफी पनि मागेका छन्।
प्रहरी स्रोतका अनुसार ट्राफिक नियम सबैका लागि समान रूपमा लागू हुने सिद्धान्तअनुसार सम्बन्धित प्रहरीमाथि पनि आवश्यक कारबाही गरिएको हो। उक्त घटनालाई नियम कार्यान्वयनमा निष्पक्षताको उदाहरणका रूपमा हेरिएको छ।



