रूपन्देही । सडक सुरक्षा प्रवर्द्धन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीले मापदण्डविपरीत जडान गरिएका अतिरिक्त फोकस लाइट हटाउने विशेष अभियान सञ्चालन गरेको छ।

प्रहरी निरीक्षक प्रतिमा कार्कीको कमाण्डमा सञ्चालन गरिएको ‘अतिरिक्त फोकस लाइट हटाऔं’ (Focus Light Control Campaign) अभियानअन्तर्गत विभिन्न मितिमा जिल्लाभरका सवारी साधनमा जडान गरिएका अतिरिक्त तथा मापदण्डविपरीतका फोकस लाइट हटाउने कार्य गरिएको हो।

ट्राफिक प्रहरीका अनुसार सवारी साधनमा जडान गरिएका यस्ता अतिरिक्त फोकस लाइटका कारण विपरीत दिशाबाट आउने चालकको दृष्टिमा प्रतिकूल असर पर्ने, जसले दुर्घटनाको जोखिम बढाउने भएकाले अभियान सञ्चालन गरिएको हो।

अभियानका क्रममा १५८ वटा सवारी साधनबाट जम्मा ३१६ वटा अतिरिक्त फोकस लाइट निकालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

कार्यालयले सुरक्षित, सहज तथा व्यवस्थित सडक यातायात वातावरण कायम गर्न यस्ता मापदण्डविपरीतका प्रकाश प्रणालीको प्रयोग नियन्त्रणलाई थप प्रभावकारी बनाइने जनाएको छ।

साथै, सुरक्षित यात्रा सबैको साझा जिम्मेवारी भएकाले ट्राफिक नियमको पूर्ण पालना गर्दै मापदण्डअनुसारको प्रकाश प्रणाली मात्र प्रयोग गर्न सम्पूर्ण सवारीचालक तथा सवारीधनीलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय