काठमाडौं । राहदानी (पासपोर्ट) छपाइ तथा खरिद प्रक्रियासँग जोडिएको बहुचर्चित भ्रष्टाचार प्रकरणको अनुसन्धानका क्रममा नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) पुष्करराज भट्टको नाम पनि खुलेको छ। यद्यपि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर नगरी साक्षीका रूपमा मात्र समावेश गरेको छ।

विशेष अदालतमा दायर गरिएको मुद्दाअनुसार बोलपत्र मूल्याङ्कन उपसमितिमा सदस्यका रूपमा रहेका भट्टले सम्बन्धित कागजातहरूमा हस्ताक्षर गरेको देखिएको छ। तर आयोगले अनुसन्धानमा सहयोग गरेको र प्रत्यक्ष संलग्नताको प्रमाण नदेखिएको आधारमा उनलाई प्रतिवादी नबनाई साक्षीको सूचीमा राखेको जनाएको छ।

यस प्रकरणमा भट्टसँगै मुकेश रेग्मी, दिनेश अधिकारी, धुव्र तिवारी, मुनिष आचार्य र मनिष भट्टराईलगायत अन्य व्यक्तिहरूलाई पनि साक्षीका रूपमा राखिएको छ।

अख्तियारले राहदानी छपाइ तथा खरिद प्रक्रियामा कानुनविपरीत निर्णय र कार्यहरू भएको निष्कर्ष निकाल्दै राहदानी विभागका तत्कालीन महानिर्देशकसहित १६ जना व्यक्ति तथा दुई जर्मन कम्पनीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगको दाबीअनुसार सार्वजनिक खरिद ऐन तथा अन्य प्रचलित कानुनी व्यवस्थाको उल्लंघन गरी राहदानी खरिद प्रक्रिया सञ्चालन गरिएको थियो, जसबाट राज्यलाई आर्थिक क्षति पुगेको आरोप लगाइएको छ। अब उक्त मुद्दाको थप सुनुवाइ विशेष अदालतमा हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय