
काठमाण्डौं । भिजिट भिसा प्रकरणमा तानिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीसमेतमाथि अनुसन्धान भइरहेको जनाएकोपछि गृह मन्त्रालयले उनको जिम्मेवारी खोस्दै मन्त्रालयमा तानेको हो। गृह मन्त्रालय स्रोतका अनुसार तिवारीलाई मन्त्रालयको अतिरिक्त समूह (जगेडा) मा राखिएको छ।

तिवारीलाई मन्त्रालय तानेसँगै म्याग्दीको प्रमुख जिल्ला अधिकारीका रूपमा शान्ति सुरक्षा महाशाखामा कार्यरत उपसचिव रवीन्द्र आचार्यलाई पठाइएको छ।




