काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गतको मास्टर्स अफ बिजनेस स्टडिज (एमबिएस) तहको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गरिएको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले आज बिहान उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो।

गत साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। घटनापछि त्रिविको व्यवस्थापन सङ्कायको डिन कार्यालयले आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि साइबर ब्यूरो लाई पत्राचार गरेको थियो।

यसैबीच, परीक्षा नियन्त्रण महाशाखाले घटनाको छानबिन गर्न प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा सदस्य रहेका छन्।

समितिलाई घटनाको विस्तृत छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको परीक्षा नियन्त्रण महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय