काठमाडौँ— स्टाफ कलेजका रूपमा सञ्चालन गरिएको एमपीएस (मास्टर्स अफ पुलिस साइन्स) को प्रवेश परीक्षामा १६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) उत्तीर्ण भएका छन्। उत्तीर्ण उम्मेदवारहरूले सन् २०२६ का लागि स्टाफ कलेजमा अध्ययन गर्नेछन्।

२०७० सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा भर्ना भई हाल डीएसपी बनेका अधिकृतहरूले उक्त प्रवेश परीक्षा दिएका थिए। परीक्षामा सहभागीहरूमध्ये १६ जना मात्र उत्तीर्ण भएका हुन्। उत्तीर्णमध्ये डीएसपी विकाश बमले पहिलो स्थान हासिल गर्न सफल भएका छन्।

यसैबीच, नेपाल प्रहरीमा स्टाफ कलेज कोर्स लागू गर्न नहुने माग गर्दै २०७० ब्याचका केही प्रहरी अधिकृतहरूले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। प्रहरी ऐन तथा नियमावलीले नचिनेको कोर्स लागू गर्दा प्रहरी करिअरमा प्रत्यक्ष असर पर्ने भन्दै उक्त कोर्स तत्काल लागू नगर्न माग गरिएको छ।

नेपाल प्रहरीमा पहिलो पटक २०७० सालको इन्स्पेक्टर ब्याचबाट स्टाफ कलेज कोर्स लागू गरिएको हो। स्टाफ कलेज कोर्स उत्तीर्ण नगर्ने अधिकृतहरू भविष्यमा डीआईजीसम्म पदोन्नति हुन नसक्ने व्यवस्था गरिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय