काठमाडौं । नगर प्रहरी कार्यालय काठमाडौं, भृकुटिमण्डपमा कार्यरत प्रहरी निरीक्षक शंकर श्रेष्ठ फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनको लगनशीलता, कर्तव्यनिष्ठता र प्रहरी कारबाहीमा प्रभावकारी भूमिकालाई कदर गर्दै ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो। काठमाडौं प्रहरीका प्रमुख एसएसपी विश्व अधिकारीले उनलाई प्रशंसा पत्र प्रदान गरेका छन्।

प्रशंसा पत्रमा उल्लेख गरिएको छ, ‘सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गर्दै आम नागरिकबीच प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै २०८१ साल फागुन महिनाको ‘पुलिस अफ द मन्थ’को रूपमा यो प्रशंसा पत्र प्रदान गरिएको छ।’

साथै, जिल्ला प्रहरी परिसर काठमाडौंले आगामी दिनमा पनि उनले शान्ति सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय