धनगढी। सुदूरपश्चिमस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयमा नेपाली सेनाको हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमका शिक्षार्थी अधिकृतहरूको आन्तरिक अध्ययन भ्रमण (Internal Study Tour–IST) का क्रममा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

अध्ययन भ्रमणका अवसरमा आयोजित कार्यक्रममा सीमा सुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा, राजस्व अभिवृद्धिमा देखिएका चुनौती तथा तिनको समाधानका लागि भइरहेका प्रयासबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो। साथै राष्ट्रिय सुरक्षालाई थप प्रभावकारी बनाउन सुरक्षा निकायबीचको समन्वय, सूचना आदानप्रदान तथा सहकार्यलाई सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा नेपाली सेना तथा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको थियो। सहभागीहरूले वर्तमान सुरक्षा चुनौतीको सामना गर्न अन्तरसंस्थागत सहकार्य, अनुभव आदानप्रदान र संयुक्त कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन यस्ता अध्ययन भ्रमण तथा अन्तरक्रिया कार्यक्रम उपयोगी हुने धारणा व्यक्त गरेका थिए।

सशस्त्र प्रहरी बलका अनुसार यस्ता कार्यक्रमले सुरक्षा निकायबीच आपसी समझदारी, समन्वय र कार्यगत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय