रोल्पा । सल्यानमा खोलाले बगाउँदा रोल्पाका एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा गंगादेव गाउँपालिका–४ गैरानेटाका करिब ७२ वर्षीय देउरुप डाँगी रहेका छन्।

 

सोमबार साँझ करिब ६ः३० बजे सल्यानबाट घर फर्कने क्रममा बागचौर नगरपालिका–१२ स्थित बाफुखोलाले डाँगीलाई बगाएको वडाध्यक्ष कृष्ण वली (विपिन) ले जानकारी दिए।

 

वडाध्यक्ष वलीका अनुसार खोजीका क्रममा घटनास्थलबाट करिब ३००–४०० मिटर तल डाँगीको शव फेला परेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय