काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन, सुरक्षा अवस्था तथा सेवा प्रवाहको अनुगमन गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आकस्मिक निरीक्षण गर्नुभएको छ।

निरीक्षणका क्रममा कार्यालय प्रमुख एसएसपी सुरेश काफ्ले ले काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक अवस्था, सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरणका प्रयास, ट्राफिक चुनौती तथा नागरिकलाई प्रदान गरिँदै आएको सेवाबारे गृहमन्त्रीलाई विस्तृत जानकारी गराउनुभएको थियो।

निरीक्षणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एआईजी उमा चतुर्वेदी समेत सहभागी रहनुभएको थियो।

निरीक्षणपछि गृहमन्त्री गुरुङले बढ्दो सवारी चापलाई व्यवस्थित गर्दै ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन, सडक सुरक्षालाई सुदृढ गर्न तथा सर्वसाधारणले सहज, छिटो र गुणस्तरीय सेवा पाउने वातावरण सुनिश्चित गर्न निर्देशन दिनुभएको छ।

गृहमन्त्रीको आकस्मिक निरीक्षणलाई काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप चुस्त, प्रविधिमैत्री र नागरिकमुखी बनाउने सरकारी प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय