“सत्य, सेवा, सुरक्षणम्” को मूल मन्त्रलाई आत्मसात् गर्दै वि.सं. २०५४ मंसिर ४ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) नविन्द अर्याल हाल नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्युरोको प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ। कार्यसम्पादनका आधारमा क्रमिक रूपमा पदोन्नति हुँदै उहाँ आज प्रहरी संगठनका सक्षम, शालीन, सरल, बौद्धिक, दूरदर्शी तथा प्रविधिमैत्री नेतृत्वका रूपमा परिचित हुनुहुन्छ।

प्रविधिको तीव्र विकाससँगै सिर्जना भएका साइबर सुरक्षा चुनौतीहरूको सूक्ष्म अनुसन्धान, अपराध नियन्त्रण तथा कानुनी उपचारको प्रक्रियामा उल्लेखनीय योगदान पुर्‍याउँदै उहाँले प्रहरी संगठनको गरिमा उकास्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। त्यसैले उहाँ नेपाल प्रहरीभित्र मात्र होइन, विभिन्न सरकारी निकाय तथा सरोकारवालामाझ पनि लोकप्रिय र सम्मानित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।

काठमाडौं महानगरपालिका–१, नक्सालमा जन्मिनुभएका अर्यालले इन्जिनियरिङ तथा सूचना प्रविधि विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गर्नुभएको छ। बाल्यकालदेखि नै विज्ञान र प्रविधिप्रति विशेष रुचि राख्ने उहाँ जनसेवाको दृढ संकल्पका साथ प्रहरी सेवामा आबद्ध हुनुभएको हो। आज साइबर अपराधका जटिल चुनौतीहरूको समाधान खोज्नुपर्ने अवस्थामा उहाँको दक्षता, अनुभव र अनुसन्धान क्षमता सबैका लागि प्रेरणाको विषय बनेको छ।

देश तथा विदेशमा विभिन्न व्यावसायिक तालिम प्राप्त गरिसक्नुभएका अर्याल विभिन्न पदक, अलंकार तथा पुरस्कारबाट समेत सम्मानित भइसक्नुभएको छ। उहाँको सेवायात्रा यस प्रकार रहेको छः

  • २०५४/०८/०४ – प्रहरी निरीक्षकमा सेवा प्रवेश
  • २०६४/०४/०१ – प्रहरी नायव उपरीक्षक (डीएसपी)
  • २०६८/०६/२३ – प्रहरी उपरीक्षक (एसपी)
  • २०७५/०७/१२ – वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)
  • २०८१/०१/१० – प्रहरी नायव महानिरीक्षक (डीआईजी)

हाल उहाँ नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोका प्रमुखका रूपमा जिम्मेवारी सम्हालिरहनुभएको छ।

नेतृत्वका हिसाबले पनि डीआईजी अर्याल अनुकरणीय व्यक्तित्व हुनुहुन्छ। मातहतका प्रहरी कर्मचारीलाई अभिभावकत्व प्रदान गर्दै उनीहरूको मनोबल उच्च राख्ने, समस्या र गुनासोको संवेदनशील रूपमा सम्बोधन गर्ने, सकारात्मक ऊर्जा प्रदान गर्दै संगठनप्रति समर्पित भएर काम गर्न प्रेरित गर्ने उहाँको कार्यशैली वास्तवमै प्रशंसनीय छ।

यद्यपि, नेपाल प्रहरीको विद्यमान कानुनी व्यवस्था र पदोन्नति प्रणालीका कारण यस्ता सक्षम, अनुभवी र दूरदर्शी अधिकारीहरू कहिलेकाहीँ आफ्नो पूर्ण क्षमता अनुसार संगठनको उच्चतम नेतृत्वमा पुग्नबाट वञ्चित हुने अवस्था देखिन्छ। समय र आवश्यकताअनुसार नीति तथा कानुनमा सुधार गरी यस्ता योग्य नेतृत्वलाई संगठनको सर्वोच्च जिम्मेवारीसम्म पुग्ने अवसर सुनिश्चित गर्न सकिए नेपाल प्रहरीको संस्थागत क्षमता र गरिमा अझ सुदृढ हुने विश्वास गर्न सकिन्छ।

डीआईजी नविन्द अर्यालमा रहेको दक्षता, विज्ञता, दूरदर्शिता, सरलता, सहयोगी भावना, समन्वय क्षमता र अभिभावकीय नेतृत्व शैली नेपाल प्रहरी संगठनका लागि सधैं स्मरणीय रहनेछ।

उहाँप्रति उच्च सम्मान र सफल कार्यकालको हार्दिक शुभकामना। 🙏🇳🇵

जय नेपाल।

– विशाल भण्डारी
धुर्कोट गाउँपालिका–५, गुल्मी
हाल: जापान 🇯🇵

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय