
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले पदभार ग्रहणसँगै विभिन्न महत्वपूर्ण निर्णयहरू गरेका छन्।
मंगलबार गृह मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री गुरुङले २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका छन्। साथै, जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिन सकिने विषयमा अध्ययन गर्ने निर्णय पनि गरिएको छ।

त्यसैगरी, अनुसन्धान तथा अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अझ सशक्त बनाउने तथा हाल छानबिनको क्रममा रहेका अनुसन्धान प्रक्रियाहरूलाई निष्कर्षमा पुर्याउने विषयलाई प्राथमिकतामा राखिएको मन्त्री गुरुङले बताएका छन्।
गृहमन्त्री गुरुङका यी निर्णयहरूलाई गृह प्रशासन, सुरक्षा व्यवस्थापन तथा बहुचर्चित घटनाहरूको अनुसन्धानलाई नयाँ ढंगले अघि बढाउने संकेतका रूपमा हेरिएको छ।



