ललितपुर, जेठ २७ — बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बैंकिङ कसुर मुद्दामा २ वर्ष ७ दिन कैद तथा १३ लाख रुपैयाँ जरिवाना सजाय तोकिएका ललितपुर महानगरपालिका–३ इमाडोल निवासी ४६ वर्षीय सुमन केसी पक्राउ परेका हुन्।

प्रहरीले गोप्य सूचनाको आधारमा खोजतलास गर्दै उनलाई मिति २०८३ जेठ २७ गते पक्राउ गरेको जनाएको छ। पक्राउ परेका केसीलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित अदालतमा पेश गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

फरार प्रतिवादीहरूको खोजी तथा अदालतका फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै प्रहरीले अभियानलाई निरन्तरता दिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय