
काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजय कुमार साह घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा पक्राउ परेका छन्।
अख्तियारका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग अनावश्यक दुःख–हैरानी दिई घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वडा सचिव साहलाई सेवाग्राहीबाट रु. १० हजार घुस लिइसकेको अवस्थामा सोही वडास्थित एक होटलबाट रंगेहात पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।




