
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेपाल प्रहरीद्वारा आयोजित बागमती प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०८३ मा सहभागी भएका छन्।
बुधबार हेटौँडामा नेपाल प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, नक्साल र बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाको संयुक्त आयोजनामा प्रदेश प्रहरी कार्यालयको सभाहलमा गोष्ठी सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। सीमित साधन र स्रोतका बाबजुद जनताको सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रहरीले गरेको योगदान सराहनीय रहेको उनले बताए।
गोष्ठीमा बागमती प्रदेशका आन्तरिक मामिलामन्त्री शिवराज अधिकारी, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका एआईजी सुशीलसिंह राठौर, उच्च सरकारी वकिल कार्यालयकी सहन्यायाधिवक्ता पूजा खत्री, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी तथा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दीपक रेग्मी लगायतको उपस्थिति रहेको थियो।
गोष्ठीमा बागमती प्रदेशभित्र भएका अपराधका प्रवृत्ति, अनुसन्धानको अवस्था, चुनौती तथा सुधारका उपायबारे समीक्षा र छलफल गरिएको बताइएको छ।



