काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्त वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना तयार गरी प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आयोजित निर्देशनात्मक सम्बोधन कार्यक्रममा आईजीपी कार्कीले निर्वाचनको सन्दर्भमा सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा प्रहरी कर्मचारीहरूलाई आवश्यक मार्गदर्शन गर्नुभयो।

उहाँले आ–आफ्नो कार्यक्षेत्रमा कुनै पनि आपराधिक गतिविधि हुन नदिन सूचनाको प्रभावकारी संकलन गरी सुदृढ सुरक्षा व्यवस्था मिलाउन जोड दिनुभयो।

त्यसैगरी अपराध अनुसन्धान, सीमा नाकामा हुने राजस्व चुहावट नियन्त्रण, अवैध हातहतियार बरामद, ट्राफिक व्यवस्थापन तथा फरार प्रतिवादी पक्राउलाई विशेष प्राथमिकतामा राखी थप सक्रिय भएर कार्यसम्पादन गर्न निर्देशन दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय