
काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनको कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। ब्यूरोले काठमाडौं र ललितपुरमा सञ्चालन गरेको विशेष अपरेसनका क्रममा उनीहरूलाई ८८ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

ब्यूरोका अनुसार २०८३ कात्तिक ३० गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ र ललितपुर महानगरपालिका–१५ मा छुट्टाछुट्टै स्थानमा अपरेसन सञ्चालन गरिएको थियो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का २७ वर्षीय समीर तामाङ, दोलखाको शैलुङ गाउँपालिका–२ का ३० वर्षीय दिनेश वाइबा, काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–५ का ३० वर्षीय राज रसाइली र भारतको बिहार, मधुवनी जिल्ला कमलाहरी–१२ का २२ वर्षीय कमलेश कुमार साह रहेका छन्।
उनीहरूको साथबाट ८८ ग्राम खैरो हेरोइन, दुई थान डिजिटल तराजु, नगद २ लाख ८० हजार रुपैयाँ र चार थान मोबाइल बरामद ग





