काठमाडौँ । सडक अनुशासन, सुरक्षित यातायात र नागरिकको जीवनरक्षाका लागि दिनरात खटिँदै आएको सम्पूर्ण ट्राफिक प्रहरीप्रति सम्माननीय प्रधानमन्त्रीले सम्मान व्यक्त गर्नुभएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा सञ्चालित सवारी दुर्घटना न्यूनीकरण अभियान तथा ट्राफिक सप्ताहको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले ट्राफिक प्रहरीको योगदान राष्ट्रका लागि अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको हो।

प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “सडक नियमको पालना केवल कानुनी बाध्यता मात्र होइन, यो सुरक्षा र सभ्य समाजको द्योतक हो।” उहाँले ट्राफिक नियमको पालना गर्दा दुर्घटना न्यूनीकरण हुनुका साथै नागरिकको जीवन सुरक्षित हुने स्पष्ट पार्नुभएको छ।

सन्देशमार्फत प्रधानमन्त्रीले सडक प्रयोगकर्ताहरू—सवारी चालक, पैदलयात्री तथा यात्रु सबैलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ। सुरक्षित र व्यवस्थित यातायात प्रणाली निर्माणमा राज्य, सुरक्षा निकाय र नागरिक सबैको साझा भूमिका हुने उहाँको भनाइ छ।

प्रधानमन्त्रीले उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा सञ्चालन गरिँदै आएका सचेतनामूलक कार्यक्रम, दुर्घटना न्यूनीकरण अभियान तथा ट्राफिक सप्ताहजस्ता पहलहरूले सडक सभ्यता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै ट्राफिक सप्ताहको पूर्ण सफलताको कामना पनि गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय