काठमाडौं — पशुपति क्षेत्र विकास कोषका कार्यालय प्रमुख, मूल भण्डारी र सहायक पुजारीसहित पाँच जना जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

शनिबार दिउँसो महानगरीय प्रहरी वृत्त गौशलाबाट खटिएको डिएसपीसहितको टोलीले कोषको जय बागेश्वरीस्थित कार्यालयमै जुवा खेलिरहेकाे अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कार्यालय प्रमुख ईश्वरमान भण्डारी, मूल भण्डारी कविन्द्रराज भण्डारीसहित पाँच जना रहेका छन्।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट नगद रकमसमेत बरामद गरिएको छ। उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ। हाल उनीहरूलाई महानगरीय प्रहरी वृत्त गौशलामा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय