काठमाडौं । काठमाडौंको लोलाङबाट ३०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत प्रहरी निरीक्षक राकेश यादवको कमाण्डमा खटिएको टोलीले हवाई फायर गर्दै उनलाई पक्राउ गरेको हो।

प्राप्त प्रारम्भिक जानकारीअनुसार लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लोलाङ क्षेत्रमा कारबाहीका क्रममा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा हवाई फायर गरेको थियो।

पक्राउ परेका व्यक्तिको पहिचान तथा घटनाबारे थप विवरण आउन बाँकी छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

पछिल्लो समय लागुऔषध नियन्त्रण ब्युरोको सक्रियतामा उल्लेखनीय वृद्धि भएको छ। ब्युरोले दिनप्रतिदिन ठूलो परिमाणमा लागुऔषध बरामद गर्न सफलता हासिल गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय