काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरोले ६ किलो थाई गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

ब्यूरोका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित शाखा कार्यालय गौचरबाट खटिएको प्रहरी टोलीले अन्य मुलुकबाट लागूऔषध थाई गाँजा नेपाल ल्याउने व्यक्तिहरूमाथि निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले असोज २० गते थाइल्यान्डबाट मलेसिया हुँदै बटिक एयरको उडान नम्बर OD 182 मार्फत नेपाल आएका भारतका दुई नागरिकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश अयोध्याका ३९ वर्षीय आलम शाहबाज र उत्तराखण्ड उधमसिंहनगरका २८ वर्षीय मोहम्मद सारिक रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले ६ किलो थाई गाँजा, दुई थान पासपोर्ट र दुई थान मोबाइल बरामद गरेको छ।

पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय