काठमाडौँ । आफ्नै पूर्व विद्यार्थी तथा सहकर्मीको अन्तरङ्ग भिडिओ र तस्बिर सार्वजनिक गर्ने धम्की दिएर ११ लाख रुपैयाँ असुली गरेको आरोपमा एक पूर्व प्राध्यापकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले सुनसरी धरान–१८ का ४५ वर्षीय अवनिन्द्र चक्रवर्तीविरुद्ध विद्युतीय कारोबार र आपराधिक लाभसम्बन्धी कसुरमा अभियोग दर्ता गरेको हो।

पीडित हाल संयुक्त राष्ट्रसङ्घअन्तर्गत स्वास्थ्य विशेषज्ञका रूपमा कार्यरत रहेकी छन्। अनुसन्धानमा धम्की इमेल, बैंक खाता र प्रयोग भएका उपकरण चक्रवर्तीकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ। सरकारी वकिलले कैद, जरिवाना तथा पीडितबाट असुल गरिएको ११ लाख रुपैयाँ क्षतिपूर्ति भराउने माग दाबी लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय