काठमाडौँ । काठमाडौँको गोंगबु टाउन प्लानिङस्थित विनोद श्रेष्ठको घरमा प्रहरीले ठूलो परिमाणमा सुन, नगद र चाँदी बरामद गरेको छ । बरामद गरिएको सुनको गहना तौल गर्दा ९ केजी ८३७ ग्राम पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।

श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको घरबाट स्रोत नखुलेको ४ करोड २५ लाख ५० हजार नगद र ३ केजी २१८ ग्राम चाँदी समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय