Surakshya Sarokar

3236 Posts

https://surakshyasarokar.com

लमजुङ — राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजनामा सांगितिक साँझ कार्यक्रम सम्पन्न भएको छ। बेसीशहर नगरपालिका वडा नम्बर ०७, मनाङगे चौतारामा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रहरी संगीत विद्यालय (बैण्ड) बाट विशेष प्रस्तुति दिइएको थियो। कार्यक्रममा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री टकराज गुरूङ, वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेल, लमजुङ जिल्ला अदालतका सम्माननीय जिल्ला न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, स्थानीय पालिका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, वडा अध्यक्षहरू, पत्रकार, सरकारी तथा गैह्रसरकारी निकायका कर्मचारीहरू, पूर्व प्रहरी कर्मचारी, समाजसेवी, व्यवसायीहरू, विभिन्न विद्यालयका शिक्षक-विद्यार्थीहरू, आमा समूह तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले राष्ट्रिय एकता, सहिष्णुता, र सांस्कृतिक विविधताको प्रवर्द्धन गर्दै प्रजातन्त्र दिवसको महत्व उजागर गर्ने उद्देश्य राखेको थियो।