काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएपछि यातायात व्यवस्था विभागले यससँग सम्बन्धित सबै सेवा बन्द गरेको छ । विभागले शुक्रबार (२०७२ असार २०) एक सार्वजनिक सूचना जारी गर्दै अनलाइन आवेदन प्रणाली, ईडीएल प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीसहितका सम्पूर्ण सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरिएको जानकारी दिएको छ ।

विभागका अनुसार प्रणालीमा देखिएको प्राविधिक समस्याको समाधान प्रक्रिया जारी रहेकाले हाललाई सम्पूर्ण सेवा स्थगित गरिएको हो । सेवाग्राहीलाई यस अवस्थाबाट पर्न गएको असुविधाप्रति विभागले क्षमायाचना गर्दै चाँडै समस्या समाधान गरी सेवा पुनः सुचारु गरिने उल्लेख गरेको छ ।

सेवाग्राहीहरूलाई अर्को सूचना प्रकाशित नभएसम्म प्रतीक्षा गर्न विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय