
हेटौंडा । मकवानपुरको हेटौंडाबाट प्रहरीले लागुऔषध ट्रामाडोल १ हजार ७ सय ७० क्याप्सुलसहित तीन जनालाई पक्राउ गरेको छ । हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रभित्र पानी ट्याङ्की नजिक शंकास्पद अवस्थामा बसिरहेका तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
पक्राउ पर्नेमा हेटौंडा–१५ शिखरपानीका २४ वर्षीय महेश तामाङ, भिमफेदी गाउँपालिका घर भई हाल हेटौंडा–९ मा डेरा गरी बस्दै आएका २६ वर्षीय कैलाश थापा मगर र हेटौंडा–१३ निवासी ४० वर्षीय सोम स्याङतान रहेका छन् ।

बुधबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको गस्ती टोलीले ना.३८ प ३१८५ नम्बरको मोटरसाइकल र ना.२१ प १७१ नम्बरको स्कुटरसहित शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा ट्रामाडोल क्याप्सुलहरू फेला पारेको हो ।
पक्राउ परेका तीनैजनामाथि लागुऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद लागुऔषधसँगै मोटरसाइकल र स्कुटरसमेत नियन्त्रणमा लिइएको छ ।



