काठमाण्डौं — बाग्मती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीको आयोजनामा “रिदमसहितको टिम बिल्डिङ कार्यक्रम–२०८२” भव्यता साथ सम्पन्न भएको छ। प्रहरी संगठनभित्र सामूहिक भावना, अनुशासन, तनाव व्यवस्थापन तथा सकारात्मक ऊर्जा संचार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम केन्द्रका लागि एक नवीनतम र प्रभावकारी सुरुवातको रूपमा चिनिएको छ।

कार्यक्रममा बाग्मती प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक श्री प्रभु प्रसाद ढकालज्यूको गरिमामय उपस्थिति तथा प्रेरणादायी नेतृत्वले सम्पूर्ण वातावरणलाई विशेष उचाइमा पुर्‍याएको थियो।

त्यस्तै, “Sharing Best Practices” अन्तर्गत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका प्रहरी नायव उपरीक्षक श्री हेमराज घिमिरेज्यूको निरीक्षण भ्रमण तथा विशेष सहभागिताले कार्यक्रमको औचित्यलाई थप प्रष्ट र सशक्त बनाएको थियो।

कार्यक्रममा तालिम केन्द्रमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरू तथा आधारभूत तालिम ६–२०४औं समूहका प्रशिक्षार्थी प्रहरी जवानहरूको उत्साहजनक तथा सक्रिय सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई अझ प्रभावशाली र अविस्मरणीय बनाएको छ।

कार्यक्रमका मुख्य आकर्षणहरूमा — Musical Challenge Game, Guided Meditation in Calm Music,Dancing Session in Slow & Fast Music, साथै Laughing Paired Session

आदि सृजनात्मक र भावनात्मक सन्तुलन अभिवृद्धि गर्ने गतिविधिहरू समावेश थिए।

कार्यक्रमपछि केन्द्र प्रमुख एसएसपी ढकालज्यूले संगीत, ताल र हाँसोको माध्यमबाट प्राप्त ऊर्जा र भावनात्मक सुदृढीकरणले प्रहरी कर्मचारीहरूको मानसिक स्फूर्तिमा उल्लेखनीय वृद्धि हुने आशा व्यक्त गर्नुभयो। साथै, यस्तो अभ्यासले दैनिक कार्य सम्पादनमा सकारात्मक प्रभाव पार्ने पनि जानकारी दिनुभयो।

यस प्रकारका कार्यक्रमहरूले प्रहरी संगठनमा कार्यरत सम्पूर्ण सदस्यहरू तथा प्रशिक्षार्थीहरूमा सकारात्मक सोच, सामूहिक आत्मबल र सेवामुखी प्रेरणा विकास गर्नमा उल्लेखनीय भूमिका खेलेको केन्द्रले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय