काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले लागुऔषध दुर्व्यसनी र अवैध ओसारपसार नियन्त्रणका लागि सबै क्षेत्रको ऐक्यबद्धता आवश्यक रहेको बताएका छन्।

असार १२ गते बिहीबार काठमाडौंमा आयोजित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले लागुऔषध नियन्त्रण सफल बनाउन प्रहरी मात्र होइन, सबैको साझा प्रयास अपरिहार्य रहेको बताए।

आईजीपी थापाका अनुसार हाल काठमाडौं उपत्यकामा लागुऔषधको बिगबिगी बढ्दो क्रममा छ। “काठमाडौं उपत्यका प्रहरी कार्यालयले उपत्यकाभर लागुऔषध रोकथाम र नियन्त्रणको अभियान सशक्त ढंगले अघि बढाइरहेको छ,” उनले भने।

थापाले लागुऔषधको ‘डिमान्ड’ र ‘सप्लाई’ दुबै पक्षलाई नियन्त्रण गर्ने रणनीति आवश्यक रहेको बताए।

उनले चालु आर्थिक वर्षको जेठ महिनासम्मको तथ्यांक प्रस्तुत गर्दै भने, “नेपाल प्रहरीले अघिल्लो आवको तुलनामा यो आवमा गाँजा ६५ प्रतिशत, अफिम ७७ प्रतिशत, हेरोइन ७९ प्रतिशत र अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बढी बरामद गरेको छ।”

उनका अनुसार लागुऔषध सम्बन्धी समस्या सामाजिक, स्वास्थ्य तथा सुरक्षाको दृष्टिले दिन प्रतिदिन गम्भीर बन्दै गइरहेको छ। यसलाई रोक्न दीर्घकालीन योजना, जनचेतना, पुनर्स्थापना कार्यक्रम र कडा निगरानी आवश्यक रहेको उनले औँल्याए।—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय