काठमाडौं । लागूऔषध कारोबार भईरहेको भन्ने विशेष सूचनाका आधारमा कोटेश्वर प्रहरी प्रभागबाट खटिएको प्रहरी टोलीले काठमाडौंको गौशला क्षेत्रस्थित एक गेष्ट हाउसबाट खैरो हिरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरी निरिक्षक यज्ञराज भट्टका  अनुसार, रोयल सिराहा गेष्ट हाउसको कोठा नं २ मा बस्दै आएका जिल्ला सिराहा, सिरहा नगरपालिका–१० का अजय कुमार दासलाई लागूऔषध खैरो हिरोइन १७.७९० ग्रामसहित नियन्त्रणमा लिइएको हो।

उक्त लागुऔषधसहित पक्राउ परेका दासमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त नयाँबानेश्वरमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय