काठमाडौं — काठमाडौंको नागार्जुन नगरपालिका–४ स्थित रानीपाटी पानीट्यांकी नजिक जुवा खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई एक लाख १० हजार नगद र तीन बुक ताससहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा गुल्मीकी उषा थापा, नागार्जुन रामकोटका राजकुमार शाही, मकवानपुरका सन्तोष तामाङ, दुर्गाबहादुर तामाङ र तुलराम थिङ, पाँचथरका कुमार केरुङ लिम्बू, सिन्धुलीका धनबहादुर ब्लोन तथा नुवाकोटका राजकुमार तामाङ रहेका छन्।

पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय